logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सौतेलो छोरी भन्दै बारम्बार बलात्कार गर्ने वावु प्रकाउ


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

भक्तपुर- विगत दुई वर्षदेखि डर र त्रास देखाएर आफ्नै सौतेलो छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे सौतेलो छोरीलाई चैत १४ गते अपराह्न ४ बजे आफ्नै डेरा कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले रामेछाप उमाकुण्ड गाउँपालिका–७ का ३५ वर्षीय रमेशकुमार बस्नेतलाई डेराकोठाबाटै पक्राउ गरेको हो ।

छोरी बलात्कार गर्ने बाबुविरुद्ध किशोरीको आमाले किटानी जाहेरी दिएलगत्तै प्रहरीले आरोपी बस्नेतलाई पक्राउ गरी आजै भक्तपुर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार