logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आज तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

पोखरां- आज चैत महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् ।

तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंलवारमा ट्होटें मनाउदै आएको हो । ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङहरुले मनाउने गर्छन् ।

उक्त दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज ट्होटें र्‍यालीसहित विविध कार्यक्रम गर्दैछ । पोखरा १७ तमु ह्युल चोक विरौटाबाट मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित तमु अधिकार माग गर्दै र्‍याली सुरु गरेको छ।

 

उक्त दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज ट्होटें र्‍यालीसहित विविध कार्यक्रम गर्दैछ । पोखरा १७ तमु ह्युल चोक विरौटाबाट मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित तमु अधिकार माग गर्दै र्‍याली सुरु गरेको छ। र्‍याली मुस्ताम्ग चोक एयर पोर्ट,नाङधुङ्गा लखन चोक र नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत हुने तमु धिं नेपालकी कर्म तमुले जानकारी दिईन् ।

ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज ट्होटें र्‍यालीसहित विविध कार्यक्रम गर्दैछ । पोखरा १७ तमु ह्युल चोक विरौटाबाट मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित तमु अधिकार माग गर्दै र्‍याली सुरु गरेको छ। र्‍याली मुस्ताङ चोक एयर पोर्ट,नाग ढुङ्गा लखन चोक र नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत हुने तमु धिं नेपालकी कर्म तमुले जानकारी दिईन् ।

उक्त समारोहमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ । हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले तमुवान राज्य प्राप्तिको माग गर्दै कार्यक्रम गर्न लागेको तमु धिं नेपालकी अध्यक्ष तमुले बताइन् ।

तमु धिँ नेपालको पहलमा कस्केली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलवार पोखरामा २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार