logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भर्खरै फेरी ४.२ म्याग्निच्यूडको भूकम्पीय धक्का महसुस


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

दोलखा- मंगलबार दिउँसो दोलखामा भूकम्पीय धक्का महसुस गरिएको छ ।१ बजेर ५ मिनेटमा दोलखाको चाँखु आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको पराकम्पन आएको हो ।

यो नयाँ भूकम्प नभइ शक्तिशाली ‘गोरखा भूकम्प’कै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, यही चैत ४ गते मकवानपुर केन्द्रविन्दु भएर ४।१ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।यस्तै, यही चैत १८ गते दैलेख केन्द्रविन्दु भएर ४।१ म्यानिच्यूडकै नयाँ भूकम्प गएको केन्द्रले जनाएको छ ।भूकम्प मापन केन्द्रले ४ म्याग्निच्यूडदेखिमाथिका भूकम्पीय धक्काको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार