logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लमजुङमा ‘लाइभ स्ट्याण्ड अप कमेडि सो’ हुने


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

लमजुङ- लमजुङमा पहिलो पटक ‘हाँस्दै हँसाउदै सामाजिक कार्यमा युवाको हात’ भन्ने मुल नाराका साथ ‘लाइभ स्ट्याण्ड अप कमेडि सो’ हुने भएको छ । नयाँ वर्षको अवसर पारेर सोमबार पत्रकार सम्मेलन गर्दै युनाइटेड युथ फर नेशन –युवाइएन) ले आगामि चैत २८ गते लमजुङमा ‘कमेडी शो’ गर्ने जनाएको हो ।

कार्यक्रम संयोजक विशाल सापकोटाले ‘कमेडी शो’ बाट उठेको सबै रकम सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने युवाइएनका संस्थापक बताए ।

‘कमेडी शो’ मा अहिलेका चर्चित स्ट्याण्ड अप कमेडियन सरोज भण्डारी, डोरेश खतिवडा र लेखमनि त्रितालको प्रस्त’ती रहनेबताए । चैत २८ गते पहिलो शो बिहान ११ बजेबाट २ बजेसम्म र दोश्रो शो दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म चल्नेछ ।

‘कमेडी शो’ हेर्न आउने अतिथिदेखि रिपोर्टिङका लागि आउने पत्रकारलाई र सर्बसाधरण सबैलाई टिकट शुल्क २ सय रुपैयाँ तोकिएका आयोजकले जनाएको छ । ‘अतिथिको रुपमा १५ जनालाई बोलाएका छौँ । अतिथिका साथै पत्रकारलाई पनि टिकट शुल्क लिनेछौँ । उनीहरुले एकचोटी काटेको टिकटले दुवै शो हेर्न पाउँनेछन्’ न्यौपानेले भने, ‘कार्यक्रममा ६० जना स्वयमसेवक खटिन्छन् । उनीहरुलाई टिकटमा ५० प्रतिशत छुट गरेका छौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार