logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वंशजको आधारमा नागरिकता वितरण सर्वोच्चको रोक – फोरमले जलाए निर्णय


  • राजनीति
  • बुधबार, चैत्र २७ २०७५

जनकपुरधाम – गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भनि गरेको परिपत्रलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको आदेशको विरोधमा प्रर्दशन गरिएको छ।

मंगलबार साँझ जनकपुरमा सर्वोच्च अदालतको आदेशको प्रतिलिपि जलाएर सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले विरोध प्रर्दशन गरेको छ ।

फोरम नेपालको भातृ सङ्गठन समाजवादी विद्यार्थी फोरम धनुषाको अगुवाई साँझ जनकपुरको भानुचोकमा सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गर्दै प्रतिलिपि जलाएको हो ।

जन्मसिद्ध तथा जन्मको आधारमा नागरिकता सर्वोच्च अदालतले दिन भनेको केही दिन नबित्दै पुनः सर्वोच्च अदालतले नै नागरिकतामा रोक लगाएपछि जनकपुरमा विरोध शुरु भएको हो ।

अदालतको निर्णय मधेस विरोधी रहेको भन्दै प्रतिलिपि जलाइएको छ। यस्तै, उनीहरुले सर्वोच्च अदालतको निर्णय नसच्याए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार