logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको जेट एयरवेजको विमान दुर्घटना हुन बाट यसरी जोगियो…..


  • राजनीति
  • बुधबार, चैत्र २७ २०७५

काठमाडौं-  जेट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको जेट एयरवेजको उडान नम्बर २६७ विमान आज दिउँसो ३ः५० मा दिल्ली उड्न लाग्दा दुर्घटनाबाट जोगिएको हो ।

पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्नै लाग्दा विमानमा तेल नभएको कुरा  थाहा पाएका थिए । त्यसलगत्तै पाइलटले विमानलाई टर्न गरेर फर्काइएको थियो ।

उड्नका लागि केही मिनेटमात्र बाँकी रहेकै बेला पाइलटले विमानमा तेल सकिएको सुइँको पाएका थिए । तेल सकिएको थाहा पाएलगत्तै विमान पार्किङ वेमा फर्काइएको जनाइएको छ ।

विमान पार्किङ वेमा फर्काएको करिब २ घण्टापछि तेल भेरर विमान नयाँ दिल्लीका लागि उडेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार