राजनीति
पोखरा महानगरपालिका वडा नं १५ मा एक महिला शौचालयमै मृत अवस्थामा फेला परेकी छिन् ।
सोही स्थानमा स्थायी बसोबास गर्दै आएकी ३७ वर्षकी सुकमाया नेपाली शौचालय गएको अबेरसम्म पनि नआएपछि शौचालयमै गई हेर्दा मृत अवस्थामा फेला परेकी थिईन् ।खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।