logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जिप दुर्घटनापरी घाइते पूर्वसांसद सहित दुई जनाको मृत्यु


  • राजनिती न्युज डेस्क
  • बिहिबार, चैत्र २८ २०७५

गुल्मी- गुल्मीको मुसिकोटमा जिप दुर्घटनापरी घाइते पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ।

गुल्मीको मुसिकोट नगरपालिका १ चिहानडाँडामा बिहीबार बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र अर्का एक जनाको मृत्यु भएको हो। उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो।

मृतक भण्डारी धुर्कोट गाउँपालिका वस्तुका बासिन्दा हुन्। उनी गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद बनेका थिए।

जिपमा १० जना सवार रहेको र ८ जना घाइते भएको बताए।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको डीआईजी अधिकारीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार