logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरेली सङ्गीतकर्मी शोकमा” पोखरामा सङ्गीतकर्मी थुलुङ राईको दुर्घटनामा परी निधन”


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

पोखरा- सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको पोखरामा परी दुर्घटनामा निधन भएको भएको छ। दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका

बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित राई सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनापछि थुलुङ सेती नहरमा खसेका र साढे १० बजे पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार गरेको थियो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकले राईलाई मृत घोषणा गरेका कास्की प्रहरीले जनाएको छ। स्कुटरमासँगै रहेकी उनकी श्रीमती भने सकुशल छिन्।

५० वर्षीय थुलुङको निधनपछि पोखरेली सङ्गीतकर्मी शोकमा छन्। थुलुङले तराना म्युजिक सेन्टर नामक सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार