राजनीति
पोखरा- नेपालकै ईतिहाँसमा चर्चित र ठूलो मानिएको वाईडबडी जहाज खरिद प्रकरणमा प्रमुख तीन ठूला दलका शीर्ष नेताहरु संलग्न रहेको आरोप सांसद हृदेश त्रिपाठीले लगाएका छन् ।
उनले वाईडबडी जहाज खरिद भ्रष्टाचारमा वर्तमान सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संलग्न रहेको सनसनीपूर्ण खुलासा गरेका छन् । वाईडबडी जहाज खरिद खोटाला प्रकरणमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका सदस्यहरुलाई तीनका पार्टीका अध्यक्षहरुले सात्तो खाएको र अहिलेसम्म ती सदस्यहरुको सात्तो नफर्किएको पनि उनले टिप्पणी गरे ।
प्रचण्डलाई धन्यवाद दिदै पार्टी छोड्ने मुडमा मन्त्री
भर्खर एमाले सग एकता गरेको तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व पशुराज्यमन्त्री (क्याबिनेटस्तर) श्रीप्रसाद जबेगुले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य छनौटका क्रममा तत्कालीन माओवादी नेतृत्वले ध्यान नपुर्याएको भन्दै असन्तुष्टि पोखेका छन
सार्वजनिक रुपमा फेसबुकमा असन्तुष्ट पोख्दै जबेगुले आफूमाथि आफ्नो जीवनकै सबैभन्दा अपमान र अन्याय भएको उल्लेख गरेका छन् । तत्कालीन जनयुद्धको क्रममा आफूले पार्टीमा गरेको मूल्यको अहिले पार्टी नेतृत्वले अवमूल्यन गरेको उनको भनाई छ ।
जबेगुले भनेकाछन्, ‘पूर्व ने।क।पा। माओवादीबाट फेरि पनि एकपटक भक्तराज कन्दवाँको इतिहास पुनरावृति भएको छ । राजनीतिमा वरियताक्रमले महत्वपूर्ण अर्थ बोक्दछ, ता की, त्यो आफैमा इतिहास पनि हो । सुदुरपूर्वको सन्दर्भमा संकटकालकै बेला त्यो वरिष्ठताले चुच्चेटोपी पार्टीले नै मलाई लगाइदियो । मैले सम्झेँ जुनदिनसम्म पार्टी नीति, विधान र अनुसासनको उलंघन गर्दिन त्यो दिनसम्म मसँग भएको चुच्चेटोपीले काम गर्नेछ । तर विडम्वना पार्टी एकताको यो महान अवसरमा मलाई दिइएको चुच्चेटोपीलाई धोति बनाउने काम भएको छ । यसरी जिम्मेवारविहिन बनाएर जिन्दगीकै सर्वाधिक अपमान र अन्याय गर्दै विश्रामको अवसर दिएकोमा पूर्व नेकपा माओवादी पार्टीलाई धन्यवाद ।’
फेसबुक स्टाटसको अन्तिममा विश्रामको अवसर नेतृत्वले दिएको लेखेका जबेगुले पार्टीबाट बिदा लिने संकेत समेत गरेका छन् । पाँचथरका चर्चित नेता जबेगु प्रचण्ड प्रधानमन्त्री हुँदा मन्त्री बनेका हुन् ।