राजनीति
पोखरा- पोखराको औद्योगिक क्षेत्रमा एक महिलाको शव फेला परेको छ । औद्योगिक क्षेत्रको गेट नजिकै सडक किनाराको नालीमा महिलाको शव भेटिएको हो ।
शनिवार महिलाको शव पोखराको चाउथे, भेडिफार्म क्षेत्रमा सिँचाइको लागि चालु सेती नहरको पानीले उतारेको अवस्था भेटिएको प्रहरीले जानकारी दिएको छ ।
नहरमा जम्मा भएको फोहोरसँगै महिलाको शव फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए । उनले अहिलेसम्म शवको पहिचान हुन नसकेको बताए । ‘घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने ।
स्थानीयले महिलाको शव देखेपछि खबर गरेलगत्तै पुगेको प्रहरी टोलीले शव नहरबाट निकालेको थियो ।