logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नयाँ बर्षको पहिलो दिन बिहानै सर्लाहीमा बस दुर्घटना,तीनको मृत्यु ३० घाइते


  • राजनीति
  • आइतबार, बैशाख १ २०७६

सर्लाही – नयाँ बर्षको पहिलो दिन एका बिहानै सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा करिब ३० जना घाइते भएका छन्।

(आइतबार) बिहान पूर्व पश्चिम राजमार्गमा पर्ने लालबन्दी– १ बागबानी जंगलमा काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बा २ ख १३ १८ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको हो।दुर्घटनामा मोरङको दुहबीका २३ वर्षीय अनिल उराउ, ठेगाना नखुलेका ४० वर्षीय श्रीकान्त चौधरी र २२ वर्षीय पवी उराउको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतापसिंह राठोरले जानकारी दिए।

बसका ३७ जना सवार थिए। घाइतेको लालबन्दीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।बिहान सवा पाँच बजे बस दुर्घटनामा परको हो। चालक निदाएको कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार