logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भक्तपुर जात्रा : लिंगोको टुप्पोमा ‘सेल्फी प्रतिस्पर्धा’झरेपछि पुरस्कार पाए झापड


  • राजनिती न्युज डेस्क
  • आइतबार, बैशाख १ २०७६

भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्का जात्रा अन्तर्गत शनिबार ठड्याइएको लिंगोको टुप्पामा युवाहरुबीच सेल्फी लिने प्रतिस्पर्धा नै चल्यो। पहिले लिंगो ठड्याइसकेपछि डोरी चढ्ने प्रतिस्पर्धा चल्थ्यो।जोकोही हत्तपत्ती लिंगोको टुप्पोमा पुग्न सक्दैन तर शनिबार भक्तपुर नगरपालिका वडा नं ५ योसिंखेलमा ५५ हात लामो लिंगो ठडिनासाथ एक युवा टुप्पो पुगे। उनीसँगै दर्जनौ युवा डोरी समातेर लिंगोको टुप्पातिर हानिए तर अरुले हरेश खाए।ईश्वरकाजी खाइजूले अन्नपूर्ण पोष्टमा लेखेका छन।

लिंगोको टुप्पोसम्म पुगेर सेल्फी हानेर पुरुषार्थ देखाएका युवाहरुले पुरस्कारस्वरुप स्थानीय जात्रालुको कुटाइ भेटे। स्थानीयले उनीहरुलाई लिंगोको टाउको बनाइको हरियो हरिबेलका हाँगाबिंगा नभाँच्न भनिरहेका थिए। लिंगो ठड्याइएकै दिन उक्त हरिबेलका हाँगाबिंगा प्रसाद नहुने भन्दै स्थानीयले उनीहरुलाई हांगाबिंगा नभाँच्न आग्रह गरेका थिए।

तर ४५ हात लामो लिंगोको टुप्पोमा बस्ने स्थानीयको आग्रह सुन्ने कुरै थिएन। जसै ती युवा भुइँमा झरे स्थानीयले लखेटी लखेटी कुटे। धन्न अरु जात्रालुले जोगाएर भगाएर बाँचे।

‘त्यसलाई बाँकी राख्नुहुन्न। त्यत्रो देउताको टाउकोमा गएर लिन नहुने प्रसाद भाँच्नेलाई ठीक गर्नुपर्छ’, स्थानीय जात्रालु भनिरहेका थिए।

किन त्यसलाई प्रसाद मानिन्छ होइन भन्ने अन्नपूर्णकर्मीको प्रश्नमा एक स्थानीयले भने, ‘आजको आजै त्यो प्रसाद हुँदैन। भोलिपल्ट लिंगो ढालिसकेपछि मात्रै त्यो प्रसाद मानिन्छ। आजै प्रसादको रुपमा लिँदा अपशकुन हुन्छ। जनतालाई राम्रो हुँदैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार