logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लुक्लामा विमान दुर्घटना यसरी भएको थियो ( सीसीटिभी लाइभ )


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

सोलुखुम्बु- समीट एयरको जहाज लुक्ला विमानस्थलमा दुर्घटनामा परेको छ । जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्। समीट एयरको ९ एन एमएच कलसाइनको विमान लुक्काबाट रामेछापका लागि उड्ने क्रममा दुर्घटनामा परेको हो ।

उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।दुर्घटनामा परी समीट एयरका को-पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् । दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एयर हाेस्टेज रश्मी लामा घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। लामाकाे अवस्था सामान्य छ। विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार