logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा बतास प्रकरण- ठुला व्यापारीको प्रभाव,भण्डाफोर गर्दा पोखराका पत्रकार गिरी प्रकाउ


  • राजनिती न्युज डेस्क
  • सोमबार, बैशाख २ २०७६

पोखरा- पोखरामा निकै चर्चामा रहेको अनलाइन पत्रिका ताण्डव न्यूज साप्ताहिक तथा ताण्डव न्यूज डटकम पोखराका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ।जिप्रका कास्कीद्वारा पत्रकार गिरीलाई पक्राउ गरि काठमाण्डौ पठाइएको छ।
यता पत्रकार प्रकाउ परेको घटनामा नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिकका सम्पादक अर्जुन गिरीमाथि विपिन बतास (ठगि प्रकरण) समाचार प्रकरणमा साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरि जिप्रका कास्कीद्वारा पक्राउ गरि काठमाण्डौ पठाइएको घटनाको महासंघ कास्कीले आपत्ति जनाएकाे उल्लेख गरेका छन् ।

‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गरेको‘ विज्ञप्तीमा उल्लेख छ ।त्यस्तै महासंघले पत्रकार गिरीलाई अविलम्ब रिहाइको माग समेत गरेको छ ।

यस्तो थियो समाचार,यो समाचार ताण्डव न्युजबाट पुर्ण साभार गरिएको छ।

ठग ! बदमास विपेन्द्रराज बतास

पोखरा- पोखरामा बतास भन्ने वित्तिकै नचिन्ने मान्छे कमै होलान । पोखरामा विशेष गरि व्यवसायको क्षेत्रमा बतास परिवारले एउटा गौरवमय इतिहास बनाएका छन् । त्यही परिवारका एक विपेन्द्रराज बतासलाई अहिले बदमासी गरेको आरोप लागेको छ ।

केही वर्षअघि रकम लिनदिनेको सम्झौता गरी रकम नदिइ ठगि गरेको आरोप पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीले लगाएका हुन् । पहारीका अनुसार पोखराकै एक प्रतिष्ठित व्यवसायी भनेर विश्वास गर्दा ठगिमा परेको गुनासो गरे । ‘हामीसँगै व्यवसायी गर्नेलाई त यसरी ठग्छ भने अरुलाई के गर्ला सोच्न पनि सकिदैन् ?,’ उनले भने, ‘उसैले सहिछाप लगाएर दिने भनेको रकम अझैसम्म दिएको छैन, न त छलफलमा नै आउँछ ।ठग बदमास भएपछि के लाग्दाै रहेछ र । ’
पहारीको २ करोड २५ लाख रुपैयाँ र श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको आरोप छ । बतास विरुद्ध जिल्ला प्रहरी कहाँ जाहेरी पेस गरेका छन् । जाहेरी दिन आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
यस विषयमा बुझ्नकालागि ताण्डव न्यूजले ४ पटकसम्म बतासलाई फोन गर्दा फोन उठेन ।

यस्तो छ घटना क्रम
विपेन्द्रराज वताससँग जनक र मनोजको पुरानै चिनजान थियो । सबै पोखराका व्यवसायी भएको हुनाले निकै राम्रो सम्बन्ध थियो । व्यवसायी गर्ने क्रममा उनीहरु २०७२ सालमा एउटा जग्गाको कारोबारमा सँगै भए ।
नवलपरासी गैंडाकोटका रामकृष्ण देवकोटाले पोखरा–६ वैदाम र होटल सिम्रिक किनेका थिए । सोही जग्गा लिने भनेर जनक र मनोजले दुई करोड वैना देवकोटालाई दिएका थिए । तर, देवकोटाले भनेको समयमा उनीहरुलाई जग्गा दिन सकेनन् न त रकमनै फिर्ता गरे । त्यसपछि दुई जनाले त्यो वैना कागजातको आधारमा देवकोटाको होटल सिम्रिक र हल्लनचोकमा भएको दुई कित्ता जग्गा रोक्का गरिदिए । पछि अदालतले पनि जग्गा वेचेपछि उनीहरु रकम फिर्ता गर्ने भनेर पत्र समेत दियो ।
विवाद बढ्दै गएपछि न त जग्गा वेच्न पाए न त दुई जनाले आफ्नो रकमनै फिर्ता पाए । त्यत्तिकैमा सबैलाई जिनेकै जानेको र पोखरालेनै मान्ने व्यक्तिका रुपमा रहेका विपेन्द्रराज वतासले जनक र मनोजसँग एउटा प्रस्ताव ल्याए । वतासले मुद्दाबाट रोक्का गरिएको दुई कित्ता जग्गा मध्ये हल्लनचोक नजिकको कित्ता फुकुवा गरिदिन अनुरोध गरे, त्यसको सट्टामा बरु सिम्रिक होटलमा आफूपनि पार्टन बन्ने र उनीहरुको रकमको जिम्मा पनि लिने भनेपछि जनक र मनोज फुकुवा गर्न माने । त्यो जग्गा बेचेर जनक र मनोजलाई पैसा दिने भन्ने कुरा भयो ।
यता देवकोटा र वतासले त्यो जग्गा वैंकमा राखी रकम निकाले तर जनक र मनोज वेखबर रहे । त्यसपछि यस विषयमा कुरा गर्दा वतासले होटल सिम्रिकको जग्गा वेचेर रकम दिने भन्ने कुरा भयो । होटल सिम्रिकको जग्गामा पनि पहिलाको साहु टोपबहादुर परियारले मुद्दा हालेका थिए । सोही कारणले त्यो जग्गा वेच्न सक्ने कुरै भएन् । त्यसैमाथि त्यो जग्गा राखेर बैंकबाट लोन लिएको थियो । केही २३ वर्ष यसरीनै विवादमा वितेपछि सबै मिलेर एउटा निर्णय गर्नुपर्छ भनेर छलफलमा बोलाइयो । वतास, पहारी, श्रेष्ठ लगायतका बसेर एउटा निर्णय लिए ।
सिम्रिक होटलको जग्गा लिलामी जाने थाहा पाएपछि सबै मिलेर लिने अनि सबैको रकम बाड्ने प्रस्ताव अघि स¥यो । सबै योजना वतासले बनाएका थिए । त्यसपछि सोही अनुसार लिलाम प्रक्रियामा अघि बढ्यो । अनि लिलामबाट ल्याएको जग्गा वतासले आफ्नो दाई शान्तराज वतासको नाम गर्ने भए ।
वतासकै रकम भन्दा बढि परेको हुनाले सबैले मन्जुरी जनाए । बैंकको ऋण वापतको १४ करोड १४ लाख रुपैयाँ तिर्ने भन्दै २०७४ साल साउन १८ गते जग्गा करार नामको सर्त अनुसार बिक्री गरि सबैले पैसा बाड्ने भनी रकम लिनेदिने सम्बन्धी करारनामामा ६ जनाले सहिछाप समेत गरेका छन् ।
विपेन्द्रराज बतास, जनकराज पहारी, दालप्रसाद(मनोज) श्रेष्ठ, पोखरा–१८ का बोधबहादुर कार्की, पोखरा–१८ का डिल्लीराज सुवेदी र रुपन्देहीका सुमन पुरीले सहिछाप गरेका छन् ।
उनिहरुबिच भएको सहमती पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार