logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एकल आमाले पाइलट बनाएका सुजित !यसरी अस्ताए लुक्लामा “जिवनी”


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

पोखरा- नयाँ वर्षको दिन आइतबार बिहानै दुखद घटना घट्यो । सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज धावन मार्गबाट चिप्लिएर हेलिकप्टर सङ्ग ठोक्किए।

रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो।

दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित लामा ढुंगाना सहित नेपाल प्रहरीका २ असईको ज्यान गयो।

ढुंगानाले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा। सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो।सन् १९८५ जुलाई २५ मा ओखलढुंगामा जन्मिएका उनी काठमाडौंको चाबाहिलमा बस्दै आएका थिए।

सानैमा बुवाले सुजित र उनकी आमालाई छोडेपछि ल्हेमी लामाले हुर्काएकी थिइन्। स्वास्थ्य सेविका ल्हेमी अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन्।
ओखलढुंगामा माध्यामिक शिक्षा पढेका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए।

पाइलट कोर्स सकेर उनले सन् २०१७ को फेब्रअरीदेखि गोमा एयरमा काम सुरू गरेका थिए। गोमा एयर नै अहिले समिट एयरका रूपमा सञ्चालनमा छ।

घटनास्थलमै मृत्यु भएका कोपाइलट ढुंगाना चार महिनाअघि मात्रै मल्टी क्रु रिसर्च (एमएमसी) तालिम लिएर आएका थिए। जनवरी १९ तारिखमा उनी चेकेस्लोभाकियाबाट फ्लाइङ तथा ग्राउन्डिङसँग सम्बन्धित तालिम लिएर फर्किएका हुन्। यो तालिम पाइलट तथा कोपाइलटका लागि ककपिटमा बस्ने प्रक्रियासँग सम्बन्धित हो।

युरोपियन स्ट्यान्डर अन्तर्गत पर्ने उक्त तालिम धेरै महँगो हुने नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले जनाएको छ। क्यानको नियमअनुसार उक्त तालिम पाइलट तथा को पाइलटले अनिर्वाय लिनुपर्छ। सुजितले समिटमा ६ हजारभन्दा बढी घन्टा विमान उडाइसकेका थिए।

३४ वर्षीय सुजितको एक वर्ष अघिमात्र विवाह भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार