राजनीति
पोखरा- पोखराको चर्चित अनलाइन अनि छापा पत्रिका ताण्डब न्यूज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन् ।
उनलाई प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेपछि प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।
गिरीलाई पत्रकार महासंघको रोहवरमा छाडिएको महासंघका महासचिव रमेश विष्टले बताएका छन् ।
पत्रकार गिरी सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालका कर्मचारीको त्रुटिका कारण प्रहरी हिरासतमा परेको देखिएका थिए ।
प्रेस काउन्सिलका कर्मचारीको त्रुटिले ताण्डबन्यूज सूचीकृत नभएको जानकारी प्रहरीसम्म पुगेपछि प्रहरीले गिरीलाई पक्राउ गरेर कारवाही अगाडि बढाएको थियो ।