logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चट्याङ लागेर पर्वतमा एक युवतीको मृत्यु


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

पर्वत – चट्याङ लागेर पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा एक युवतीको मृत्यु भएको छ।
स्थानीय २२ वर्षीया तारादेवी पुनको सोमबार चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार