logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

५ हजार जनाका लागि नेपाली सेनामा खुल्यो जागिर (पदको सूचीसहित)


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

नेपाली सेनाले विभिन्न पदका लागि ५ हजारभन्दा बढी कर्मचारी माग गरेको छ।आज (मंगलबार) नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले विज्ञापन प्रकाशित गरी ५ हजार २ सय ५९ कर्मचारी माग गरेकाे हाे।

जसमा लेखा जमदार कर्मचारी (लेखा जम।क), सहायक पण्डित हुद्धा (स।प।हु।) अमल्दार कर्मचारी (अ।क।), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादन (ब्रास ब्यान्ड) लगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएकाे छ।

इच्छुक योग्य उम्मेदवारले जेठ १ गतेभित्र दरखास्त दिनसक्ने नेपाली सेनाले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने थप एक हप्ताभित्र दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख गरिएको छ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाइएको छ। विस्तृत जानकारीका लागि हेर्नुहोस् विज्ञापनः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार