राजनीति
चितवन – केवल टेलिभिजमा काम गरिहेको बेला भरतपुरमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुरका ४० वर्षीय हेमराज गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।
गुरुङलाई वडा नम्बर २६ मिलनचोकमा केवल टेलिभिजनको पोलमा काम गरिहेको बेला करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते गुरुङकाे उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।