राजनीति
पोखरा- पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका इटहरी उपमहानगरपालिका ९ का १९ वर्षिय प्रकाश चौधरीको मृत्यु भएको छ।गम्भीर घाइते चाैधरीकाे विराट नर्सिङहोममा उपचारका क्रममा मंगलबार मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
पूर्व राजा शाहको बा ३ च ७९६२ नम्बरको कारले गत बुधबार मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे। ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षीय हेम चौधरीको गत बुधबार नै मृत्यु भएको थियो भने प्रकाश घाइते भएका थिए।
पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्याएर फर्कँदै गर्दा सो दुर्घटना भएको हाे।अल्मुनियमको काम गर्दै आएका उनीहरु कामबाट घर फर्कने क्रममा पूर्व राजाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सवार गाडीले ठक्कर दिएको थियाे।