राजनीति
तनहुँ- तनहुँको भिमाद नगरपालिकामा पर्ने सेतीमा डुबेर एकको मृत्यु भएको छ। भिमाद–२ मा बस्ने कालिगढ विकको सेतीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार पानीमा डुबेका उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याउँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै तनहुँका सञ्चारकर्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ तनहुँको आह्वानमा ४ बजेदेखि पाँच बजेसम्म धर्ना दिएका हुन्। धर्नापछि आयोजित विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले ठगी सम्बन्धि समाचार लेखेको भरमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरेर पत्रकार गिरीलाई गिरफ्तार गरिनू निन्दनीय भएको बताए।