logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रहेनन् वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ ,”अलबिदा” !


  • राजनीति
  • बुधबार, बैशाख ४ २०७६

पोखरा- कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक एवम् वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ ।श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधवार ११ बजेर ४९ मिनेटमा निधन भएको हो।

श्रेष्ठको पार्थिव शरीरलाई भूगोलपार्कस्थित निवासमा राखिएको छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

केही महिनाअघि नाकमा समस्या भएका कारण राजधानीको बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएकोमा त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रियापश्चात विभिन्न स्वास्थ्य समस्या देखा पर्दै आएको थियो ।

उनी नेपालमा मनोरञ्जन पत्रकारिता शुरूआत गर्ने पहिलो पत्रकार रहेको बताइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार