राजनीति
आजकल खाना पकाउने सिलिन्डर ग्यास बिस्फोटन हुने घटना बढेको छ । धेरैलाई ग्यास बिस्फोटन किन हुन्छ भन्ने बारेमा जानकारीको अभावका कारण र उद्योगीहरुले गैरजिम्मेवारी तरिकाबाट बजारमा असुरक्षित ग्यास ढुवानी गर्ने कारणले सिलिन्डरको असुरक्षा बढेको हो ।
यसप्रति उपभोक्ता आफैं सचेत भएमा जोखिमबाट बच्न सकिन्छ , अन्य सामान किन्दा एक्पायर्ड डेट हेरेपनि सिलिन्डर ग्यासको अधिंकाशले एक्पायर्ड डेट भने हेर्ने गरेका छैनन् । म्याद गुज्रेको (डेट एक्पायर्ड) सिलिन्डरले बिस्फोटको जोखिम बढाई बम जस्तै जोखिम र खतरा बढाउने कारणले सदैव ग्यास खरिद गर्दा म्याद हरेर मात्र खरिद गर्नुपर्दछ । यसबारे उल्लेखित ज्ञानको अभावले उपभोक्ताले पनि यसप्रति त्यति चासो नदिई जस्तो पायो त्यस्तै ग्यास खरिद गर्ने गरेका छन् ।
कसरी हेर्ने त म्याद गुज्रेका र नगुज्रेका सिलिन्डरको डेट ?
सिलिन्डको घाँटीको भागमा केहि सांकेतिक चिह्न र अक्षर हुन्छन् । यसैबाट उपभोक्ताले सजिलै म्याद गुज्रेको वा नगुज्रेको पत्ता लगाउन सक्नेछन् । घाँटीको ह्यागरमा ए, बी, सी, डीसगैं १४, १५, १६, १७, १८, १९, २० लगायतका अंक पनि लेखिएको हुन्छ । यहाँ लेखिएको अंकले वर्षलाई बताउने गर्दछ । ग्यास कम्पनीले १२ महिनालाई समेटेर तीनतीन महिनालाई भाग गरेर ४ भागमा छुट्याएका हुन्छन् । जस्तै ए लेखिएका छ भने पहिलो ३ महिना जनवरी, फेब्रवरी र मार्चलाई जनाउँछ, बीले अप्रिल, मे र जुनलाई , सीले जुलाई अगष्ट, सेप्टेम्बर र डीले अक्टोबर, नोभेम्बर र डिसेम्बरलाई जनाउँछ ।
जस्तै कुनै एक सिलिन्डरमा ए १९ लेखिएको छ भने सन् २०१९को मार्च महिनापछि डेट समाप्त हुन्छ । त्यस्तै एक्पायर्ड डेट बाँकी भएपनि कुचिएको वा फुट्न लागेको जस्तो देखिमा उपभोक्ताले त्यस्तो सिलिन्डर खरिद गर्नुहुदैन् ।
नेपालमा सिलिन्डर बिस्फोट हुने अत्याधिक जोखिम रहेको छ । उद्योगले सिलिन्डरमा पहिलो पटक बनेको मितीले १० वर्षसम्मको डेट राख्न पाउनेछ भने त्यसपछिको पाचपाच वर्षमा हाइडो«लिक टेस्ट गरेर म्याद गुज्रने मिती परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर नेपालमा २० वर्ष भन्दा लामो आयु काटेको लाखौं संख्याका सिलिन्डर रहेका छन्, जसलाई पाचपाच वर्षमा हाइडो«लिक टेस्ट पनि गरिएको छैन्, त्यसैले सिलिन्डरको जोखिम बढेको हो ।
यसप्रति उपभोक्ता सजग नहुदाँ र सरकारको अनुगमन कार्य फितलो हुदाँ उद्योगीले फाइदा उठाउँदै म्याद गुज्रेका सिलिन्डर भर्दै बजार पठाइरहेका छन् ।