logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा जिरो किमीमा भेटिएको कुकरमा यस्तो भेटियो सबै परे जील्ल


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

पोखरा- पोखराको जिरो किमीमा रहेको शंकास्पद वस्तु बम नभैइ कुकर भित्र पानी रहेको बताएको छ। हिजो बेलुका ११ बजे देखी जिरो किमीमा देखिएको शकास्पद बस्तुलाई बिहान नेपाली सेनाको टोली डिस्पोज गरेको हो। राति ११ बजेतिर जिरोकिलोमिटर नजिकै सडकमा प्रेसकुकर देखेपछि स्थानीय र सडकमा यात्रा गर्नेहरु आतंकित भएका थिए।सेनाको बम डिस्पोजल टोलीले बम नभएको पुष्टि गर्यो ।

वम डिपोस्पोजल डिभाइसकै ब्याट्री पड्केर एक सेना घाइते

पोखरा ३ नदिपुर प्रदेश सभा भवन अगाडी भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा एक जना सेनाको नायक घाईते भएकाछन । डिस्पोज गर्ने डिभाइसमा प्राबिधिक त्रुटी भएको कारणले डिस्पोजल डिभाइसको ब्याट्रीनै हातमा बिस्फोट भएको बुझिएको छ । घाइतेको हातमा गम्भिर चोट लागेको छ । घाइते हुनेमा सेनाका नायक धर्म बहादुर थापा रहेको स्रोतले जनाएको छ ।

पोखरा नदिपुर प्रदेश भवन अगाडी र लेखनाथ सैनिक वस्तीमा पनि शकास्पद बस्तु भेटियो

पोखरा-पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको र उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ ।
यस्तै लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही पार्टीले राखेको हुन सक्ने आशंका छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार