logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

किन जादै छ,प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया ?


  • राजनीति
  • शुक्रबार, बैशाख ६ २०७६

पोखरा- दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतले दुई पक्षीय भ्रमणका लागि ती दुबै देशबाट निम्तो आएको र प्रधानमन्त्रीको भ्रमणको तयारी तीव्र पारिएको जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीलाई भियतनामले वैशाख पूर्णिमा समारोहमा मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको छ।

यसअघि सन् २०१५ मा भियतनामसँग हवाइ सम्झौता भएको थियो। सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको थिएन। भैरहवाको गौतम वुद्ध विमानस्थलमा भियतानमबाट चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन हुन लागेको हो। भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाको पनि औपचारिक भ्रमण गर्नेछन्।
बुद्ध धर्मालम्बी बहुल यी दुई देशमा नेपाली प्रधानमन्त्रीको औपचारिक भ्रमण बिरलै हुने गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार