राजनीति
फोन नबोक्ने र नगर्ने मानिस सायद निकै छन होला । अझ भनौ युवा पुस्तामा त फोन एउटा अभिन्न अङ्गकै रुपमा जोडीएको छ ।
हामिले फोन गर्दा लागेन या बिजि भयो भने मधुर आवाजमा तपाइले सम्पर्क गर्न खोज्नु भएको फोन ब्यस्त छ या सम्पर्क हुन सकेन भन्छिन । सुरुसुरुमा फोन बोक्ले त उनकै आवाज सुन्न्लाइ समेत बारम्बार फोन डायल गरिराख्छ्न ।
फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ।
यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। को हुन् ती महिला?
नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन्। भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।