logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

हावाहुरीका कारण पोखराको फेवातालमा छ ओटा प्याराग्लाईडर खसे,सकुशल उद्धार


  • राजनीति
  • सोमबार, असोज ३० २०७४

आश तमु/ पोखरा असोज ३०,

सराङकोटवाट उडेका सातवटा प्याराग्लाईडिङ फेवातालमा खसेका छन् ।एक्कासी तिर्व गतिको हावाका कारण सुरक्षित अवतरणका लागि तालमा झारिएको वताईएको छ ।
करीब २ः४५ बजे उडेको प्याराग्लाइडर एक्कासी आएको हावाहुरीमा परी फेवातालमा खसेका ग्लाइडरहरुको रेस्क्यू टोलीले सकुशल उद्धार गरेको हो ।

ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलटको सकुशल उद्धार गरिएको एयर स्पोर्टस एशोसियसनका महासचिव वसन्तराज दवाडीले जानकारी दिए ।
प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए । जलारी समूह तथा डुंगाहरुले पाइलटको सकुशल उद्धार गरेका थिए ।
उडिरहेको ग्लाइडर लेकसाइडको उत्तरी क्षेत्रमा रहेको वाटरफण्ड, हलचोक र खहरे नजिकको फेवातालमा खसेका थिए । उनीहरुलाई तत्कालै डुंगा व्यावसायी, प्रहरी र सशस्त्र प्रहरीको रेस्क्यू टोलीले सकुशल उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
रेस्क्यू टोलीले फ्लाई नेपाल प्याराग्लाइडिङ कम्पनीका पाइलट सुन्दर गुरुङ र सिंगापुरका नागरिक म्याक्कोलम लियोई, कस्मिक प्याराग्लाइडिङका पाइलट दीपक भट्टचन र चाइनिज पर्यटक याङ हुइयो, फ्रण्टियर्स प्याराग्लाइडिङका कमल पोखरेलको सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

त्यस्तै, पोखरा प्याराग्लाइडिङका पाइलट कमल गुरुङ र चाइनिज पर्यटक याङ यूई, ब्लु स्काई प्याराग्लाइडिङका पाइलट रामराज गौतम र चाइनिज पर्यटक पान्सिया पिङ, सोहि कम्पनीका पाइलट बालहरी पहारी र चाइनिज पर्यटक वाङ क्यूइया तथा माउण्टेन फ्लायर्सका जितेन्द्र पुर्जालाई फेवातालमा खसेको अवस्थामा सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए । त्यस्तै, एभिया क्लबका पाइलट क्रिष्टियन डुरिनीलाई पनि ताल नजिकबाट उद्धार गरिएको उनले बतए ।

पmेवातालमा खसेका मध्ये चाइनिज पर्यटक वाङ क्यूइयाले पानी खाएपनि प्राथमिक उपचारपछि सामान्य रहेको बताइएको छ । उनको कानमासमेत पानी पसेकाले केहिबेर उपचार गरेर होटल फर्काइएको प्रहरीले जनाएको छ ।

पाराग्लाईडिङ ल्यान्डिङ गर्ने ठाउँमा चिया पसल गर्दै आएका एक व्यवसायिका १२ वर्षिय लबिन गुरुङले आखाकै अगाडी एक एक गर्दै थुप्रै पाराग्लाईडिङ तालमा खसेको बताए। चिसो चिसो हावा चल्न थाल्यो हेर्दा हेर्दै तालमा थुप्रै पाराग्लाइडिङ खस्न थाल्यो यहाँ ग्लाइडर प्याकिङ गर्ने दाईहरु र जलारेहरुले सबैलाई वचायो।

तालमा खसेका मध्ये एक जना चिनिया गोरीनी पनि मेरै आखा अगाडी दुबेको थियो ,उहाले आफुलाई देखोस भनेर हात माथी निकाएको थियो त्येस पछी यहाँ भएको दाईहरुले उसलाई निकालेर हस्पिटल  लगेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार