logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राष्ट्रपति भण्डारी तलेजुमा फोटो खिच्दा विवादमा आखिर किन?


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

भक्तपुर- राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरको तलेजुमा पहिलोपटक पुगेकै दिन विवादमा परेकी छन्।उनले फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएर विवादमा आएकी हुन्।

फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रपति जस्तो राष्ट्र प्रमुखले नै नियम पालना नगर्ने भन्दै कडा आलोचना गरिएको छ।सामाजिक सञ्जालमा सर्वसाधारण र विदेशी पर्यटकलाई फोटो खिच्नै नदिने र खिचे पनि मेट्न लगाउने तलेजुको सुरक्षा गर्दै आएका नेपाली सेनाका जवानहरुले राष्ट्रपति आउँदा भने फोटो खिच्न दिएको भन्दै आपत्ति जनाएका छन्।
यसले नियम मिच्ने काम नियम पालना गर्नेहरुबाट रोक्नुपर्ने आवाज सामाजिक सञ्जालमा व्यापक रुपमा उठाइएको छ। भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्तीको अवसरमा शनिबार भक्तपुरमा आयोजित नवदुर्गा नाच प्रदर्शन तथा पूजाआजाको क्रममा राष्ट्रपति भण्डारी शनिबार भक्तपुर तलेजुसमेत पुगेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार