logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

हस्पिटलको शौचालयमा झुन्डिएको अवस्थामा नर्सको शव फेला


  • राजनीति
  • सोमबार, बैशाख ९ २०७६

जनकपुर – धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् ।

प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार