राजनीति
पोखरा- तारा एयरको जहाज सोमबार बिहान रामेछापमा दुर्घटना भएको छ। सोलखुम्बुको लुक्लाबाट रामेछाप आएको तारा एयरको ९ एन एकेके कल साइनको जहाज मन्थली विमानस्थलमा धावनमार्ग (रनवे)बाट चिप्लिएको हो।
अवतरण गर्ने क्रममा टायर पन्चड भएर जहाज रनवेबाट चिप्लिएको हो। चिप्लिने क्रममा जहाजले मनाङ एयरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो। तर मानवीय क्षति भने नभएको बताइएको छ।
काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीको कारण त्यहाँ अवतरण गर्ने नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो । दुर्घटना भएको विमानमा १४ जना यात्रु चढेका थिए । दुर्घटनाबाट मानवीय क्षति नभएकाे प्रहरीले जनाएको छ।राजधानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन्। विमान दुर्घटना भएपनि अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइएपछि मात्र उडान सूचारु हुने बताइएको छ।यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एन-एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।
अन्य क्षतिको अन्य विवरण आउन बाँकी छ।