राजनीति
काठमाडौँ –नेपालगञ्ज स्थित राष्ट्रिय मानवधिकार अधिकार आयोगको कार्यालयमा प्रहरीले घेराउ गरेको छ। नेपालगञ्ज स्थित आयोगको कार्यालयमा प्रहरीले घेराउ गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय मानवधिकार अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आकश्मिक बैठक बोलाएका हुन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता दानबहादुर खडेरा आयोगको नेपालगञ्जस्थित कार्यालयको शरणमा गएका छन् । त्यसपछि प्रहरी आयोगको कार्यालयमा गएको हो ।
त्यसबाट उत्पन्न परिवेशबारे छलफल गर्न काठमाडौँमा आयोगको आकश्मिक बैठक बोलाइएको हो । नेपालगञ्ज अदालतले खडेरालाई आइतबार रिहा गर्न आदेश दिएको थियो । प्रहरीले उनलाई अदालत परिषरबाटै पक्राउ गर्न खोजेको थियो ।
तर खडेरा सुरक्षाको माग गर्दै नेपालगञ्ज स्थित मानवअधिकार आयोगको कार्यालयमा गएका हुन् । उनी अहिले पनि आयोगकै सुरक्षामा छन् । तर प्रहरी भने आयोगसम्म पनि पुगेको छ ।