logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

श्रीमतीले गरिन् श्रीमानको हत्या, साथीलाई खुकुरी प्रहार


  • राजनीति
  • सोमबार, बैशाख ९ २०७६

पश्चिम नेपालको पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन् । अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन् ।

पाल्पास्थित उनको माइतीघरमा ढुङ्गा प्रहार गरि घम्भीर घाइते भएका लोकबहादुरको उपचारका क्रममा मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

पाल्पाको रैनादेवी गाउँपालिका–३ , छहरास्थित माइतीमा बिहान करिव ८ बजेको समयमा घरयासी विवादका क्रममा मेगलीले श्रीमान (लोकबहादुर)लाई ढुङ्गा प्रहार गरेकी थिइन् ।

एकै घरमा तीन अपाङ्ग थिए । श्रीमती सुस्तमनस्थितिकी र उनका तीन सन्तानमध्ये दुई सन्तान पनि अपाङ्ग रहेको एसपी पोखरेलले बताए ।

त्यस्तै सोमबार नै रुपन्देही र पाल्पाको सिमना बल्डेङ्गगढीमा साथीले साथीलाई खुकुरी प्रहार गरि हत्या प्रयास गरेका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ का सुवास भुसालले घर नजिकैका कैलाश भुसाललाई खुकुरी प्रहार गरि हत्या प्रयास गरेका हुन् ।

उनीहरु मिल्ने साथी रहेको छिमेकीहरुले बताए ।

उनीहरु दुवै जना अर्घाखाँचीबाट मोटरसाइकल चढेर बुटवलतर्फ जाँदै गरेको अवस्थामा सुवासले कैलाशलाई खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएको एसपी पोखरेलले बताए ।

घाइते कैलाशको बाँया हात चुँडिने अवस्थामा रहेको र गर्धनमा गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते कैलाश बेहोस रहेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले बताए ।

खुकुरी प्रहार गर्ने सुवासलाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको पाल्पाका एसपी पोखरेलले बताए । सुवास तिलोत्तममा बिजुली पसल सञ्चालक भएको बताइन्छ ।

सुवासले कैलाशलाई करिव ८ लाख रुपैयाँ दिनुपर्ने र सोही कारणले हत्या प्रयास भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

फाइल फोटो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार