राजनीति
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकले पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) पाएको छ । जिल्लाको ४७ औं सीडीओका रुपमा गोमादेवी चेम्जोङलाई गृह मन्त्रालयले पठाएको हो ।
सिन्धुपाल्चोकले ०२२ देखि ४६ औं पटकसम्म पुरुष सीडीओ पाए पनि महिला पाउन सकेको थिएन ।चेम्जोङ सह–सचिव हुन् । तर गृहले उनलाई कामु प्रजिअको जिम्मेवारी तोकेको छ ।
गृहबाट सिन्धुपाल्चोकको सीडीओमा सरुवा भएकी चेम्जोङ शुक्रबारदेखि जिल्लामा हाजिर भएकी छन् । पदभार ग्रहण गर्दै उनले जिल्लाको शान्ति सुरक्षालगायतका अन्य मुद्दाहरुमा सबैसँग मिलेर काम गर्ने बताइन् ।