logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अस्पताल लादै गर्दा खोटाङ साकेला गाउँपालिका–३ वडाध्यक्ष राइको निधन


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

खोटाङ – खोटाङको साकेला गाउँपालिका–३, खिदिमाका वडाध्यक्ष मणिकुमार राईको निधन धएको छ ।

सोमबार साँझ निमोनियका कारण बिरामी परेका वडाध्यक्ष राईको निधन भएको हो । छाती दुख्ने, ज्वरो आउने, घाँटी घ्यार–घ्यार हुनेलगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा राईको बाटैमा निधन भएको हो ।

तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
२०३९ साल पुस १ गते जन्मिएका राई साकेला गाउँपालिकाको कार्यपालिका सदस्य एबं सामाजिक बिकास समितिका संयोजकको भूमीकामा हुनुहुन्थ्यो ।

२०५४ सालमा अनेरास्ववियू सिद्धेश्वरी मावि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका राई अनेरास्ववियूका जिल्ला सदस्य, तत्कालीन एमालेका गाउँ कमिटी अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । साहित्यमा मणि मञ्जिलका नामले परिचित राईका श्रीमती र दुई छोरी हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार