राजनीति
राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । धादिङको नाैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।
२०७२ साल वैशाख १२ गते गएकाे भूकम्पमा परी ठुलो जनधनको क्षति गराएको थियो । त्यसको चार वर्षपछि बुधबार गएकाे भूकम्पले जनसमुदायमा त्रास बढेकाे छ ।