राजनीति
तनहुँ- माइक्रोको ठक्करबाट मृत्यु भएका तनहुँको व्यास नगरपालिका–१० का रमेश शर्माको परिवारलाई क्षतिपूर्ति माग गर्दै बुधबार पृथ्वीराजमार्ग अन्तर्गत दमौली सडकखण्ड स्थानीयले अवरुद्ध गरेका छन् र खुलाउने प्रयास गर्दै प्रहरी ।तस्वीर: कृष्ण न्यौपाने
मंगलवार तनहुँको दमौलीमा माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको रहेको जनाइएको छ ।