राजनीति
धादिङ- केन्द्र भएर बुधबार फेरी भूकम्प गएको छ। बिहान दुई र दिउँसो एकपटक काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो।
धादिङको नौबिसे केन्द्रविन्दु भएर पहिलो पटक ५।२ म्याग्निच्यूडको भूकम्प बिहान ६ बजेर २९ मिनेट जाँदा गएको थियो। त्यसलगतै ४।३ म्यानिच्यूडको सोही केन्द्रबिन्दु भएर ६ बजेर ४० मिनेट जाँदा भूकम्प गयो।
राष्ट्रिय भूकम्प मापन केन्द्रले त्यसैगरी दिउँसो ३ बजेर ५ मिनेट जाँदा ३।९ म्यान्निच्यूडको भूकम्प गएको जनाएको छ।