पाेखरा- पाेखराकाे महतगाैडा स्थित ओरालाेमा आज एउटा प्राइभेट कार सडकमै पल्टेकाे छ ।
विपरित दिशाबाट आइरहेकाे ट्रकलाई साइड दिने क्रममा बा १९ च ७७५८ नंबरकाे कार पल्टिएको हाे ।
कार चलाइरहेकी महिला चालक भने शकुसल रहेकी छिन् । सडकमै पल्टेकाे कारका कारण सवारी अावतजावतमा असहज भएकाे छ ।
उक्त ओरालाेमा दिनहुजसाे यस किसिमका दुर्घटना भइरहँदा पनि सराेकारवाला निकायको ध्यान जान सकेकाे छैन ।कडा न्युजबाट साभार