logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रानीपौवा निवासी मिनकुमारी माथी,श्रीमान श्रीमती मिलेर कुटपिट, मणिपालमा उपचार हुँदै


  • राजनीति
  • बुधबार, बैशाख ११ २०७६

छिमेकी श्रीमान श्रीमतिको कुटाइले गर्दा एक महिला घाइते भैएकी छन। म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ३ रानीपौवा बस्ने ६६ वर्षीया मिन कुमारी कार्कीलाई सोही ठाउँ बस्ने छिमेकी प्रेम कार्की र उनकी श्रीमती सुना कार्कीले निर्घात कुटपिट गरेका छन् ।

श्रीमान श्रीमती मिलेर सामान्य मनमुटाबको विषयलाई लिएर कार्कीको टाउकोमा ढुङाले प्रहार गर्दा उनी घाईते भएकी हुन् । उनको टाउकोमा गहिरो चोट लागेको छ ।

घाईते मिनकुमारीलाई उपचारका लागी पोखराको मणिपाल अस्तालमा ल्याईएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । कुटपिट गर्ने २ जनालाई घटनास्थलमा पुगेको प्रहरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार