logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

(पुरा विवरण पढ्नुहोस्) ९० सालको भूकम्पको दिन के के भयो ?


  • राजनिती न्युज डेस्क
  • बिहिबार, बैशाख १२ २०७६

पोखरा- समय वि.स. १९९० माघ २ , समय सवा दुई बजे नेपाल अधिराज्यभर एकै साथ भारततर्फ पनि अकस्मात करिब पाँच मीनेटसम्म हल्लियो। त्यो बेला सबि भाग भाग भए । ७ दशमलब ५ रेक्रटर स्केलको भूकम्प गयो ।

त्यसपछि पनि सोहि दिन र पछि पनि पटक पटक गरी सानो सानो भूकम्प गइनै रह्हो । बाटोघाटो टेलिफोन सबै भूकम्पले गर्दा बन्द भए । काठमाडौंमा भूकम्प गएको दिन जताततै हाहाकार हुन थाल्यो । कुनामा ठूलो स्वर गुन्जिरहेका सुनिन्थो । सबै अमतंक मानी दौडधुप गरेका मात्र देखिन्थे ।

सिकारका लागि ततकालिन श्री ३ जुद्ध शम्सेर तराई गएका थिए । तसर्थ महाभूकम्प साम्य हुना साथ रुद्रसम्सेर तुरुन्त टुडीखेलमा पुगी खरीको बोटको चौताराबाट बिगुल फुक्न लगाए । कारण घरहरा ३ टुक्रा भए भत्किएको थियो।

भाई भारदार जंगी निजामतीलाई सक्दो सामेल गराई ठाँउठाँउमा अफिसर र सेनाका जवानको टोली बनाउँदै तीनै सहरमा भूकम्पमा परेका र पुरिएकाको उद्धार गर्ने र लास झिक्ने कार्यमा खटाए धमाधम अस्पताल र शिविरमा पठाउन थोले दरबारका भाई भारदारलाई आफ्ना कम्पाउण्ड जनताका लागि बस्न छाडिदिन आग्रह गरे ।

साथै जनताका लागि सक्दो रसदको प्रबन्ध मिलाए । छाप्रोझै बस्नका लागि जनतालाई सरकारी टिन जरुरत अनुसार बाँडिदिए । जम्मा भएका भाई भारदारलाई जेजे सकिन्छ जनतालाई वितरण गर्न अनुरोध गरे । रातमा चोरी गर्ने र नाजायज फाइदा उठाएको सूचना पाएकोले कफ्यु लगाए । शंका लागेमा प्रहरीलाई गोली चलाउन उर्दी गरियो ।

केहि सेनाका जवानले आफ्ना आमा बाबु जहान बच्चाहरु भूकम्पबाट पुरिएकाले अथवा मृत्यु भई किरियाकर्मका लागि विदा दिई छाडिदिए । पछि विरोध गरेपछि विदा पाएनन ।

श्री ५ महाराजधिराजको नारायणहिटी राजदरबार भत्केर श्री ५ त्रिभुवनका दुई राजकुमारीको मृत्यु भयो भने श्री ३ जुद्धका नतिनी कर्णेल विक्रमशम्सेरकी छोरीको पनि मृत्यु भयो ।

उपरोक्त सबै मृतकको समेत व्यवस्ता मिलिाई सिकार सवारी गएक श्री ३ जुद्धलाई महाभूकम्प विषयको यथार्थ सूचना लेखि आफूले गरके सम्पूर्ण कार्य व्यवस्था समेतको जानकारी दिएर पत्र लेखी पठाउन रुद्रसम्शेरलाई समय लाग्यो । घटना र बिचारबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार