logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मादी सेतीखोला रोही गाउँमा सिलाई कटाई तालिम सम्पन्न


  • राजनीति
  • बिहिबार, बैशाख १२ २०७६

कास्कीको मादी गाउपालिका २ सेती खोला रोही गाउमा गत चैत्र १२ गते बाट सन्चालित एक महिने सिलाई कटाई तालिम अाज एक समारोहका विच सम्पन्न भएको छ। तालिमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि मादी २ का वडा अध्यक्ष एक्काजंङ गुरुङले तालिमले महिलाहरु सिपयुक्त भएकोले अव अात्म निर्भर हुनु पर्ने भन्दै घर घरमा दक्ष जनशक्ती भए मात्र समुदाय र देशको बिकास हुने बताए । त्यसै गरि विशेष अतिथि मादी ७ का वडा अध्यक्ष युवा नेता लाल बहादुर गुरुङले मादी गाउपालिका एक घर एक धारा जस्तै एक घर एक रोजगारी ग्यारेन्टी गर्न लागि परेको बताउदै यश तालिमले स्वरोजगार मात्र नभई उद्येमी बन्न सघाउने बताए । स्थानिय सरकार जनताको समस्या सामाधान गरि बिकासको लहर बडाउन अघी बडेको हुदा यश कार्यमा सम्पु्र्णको साथ हुनु पर्ने धाराणा राखे ।नारायणी अाधारभुत विद्यालयका प्रधानाध्यापक दशरथ सापकोटाले सिकाई उपल्व्धी पुर्ण बनाउन अझ सिकाईको लेबल बडाउदै जानू पर्ने तर्क राखे ।कार्यक्रममा तालिमका प्रशीक्षक देव बहादुर परियार , मादी २ का वडा सदस्य ब्रीन्दा कुमारी परियार ,प्रशीक्षार्थी तथा सेती खोला रोही गाउँ अामा समुहका अध्यक्ष बिष्णुमाया खत्री ,सेती खोला युवा क्लबका अध्यक्ष झपेन्द्र थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।मादी गाउपालिका वडा कार्यलयको एक लाख र सेती खोला रोही गाउँ अामा समुहको पचास हजार गरि एक लाख पचास हजारको लागतमा सन्चालित एक महिने तालिममा २६ जना महिलाहरु सहभागी भएका थिए ।४ समूह छुट्टाई प्रत्येक सहभागिले दक्ष बनाउने उद्देश्य सहित प्रशीक्षक देब बहादुर परियारले तालिमको सहजीकरण गरेका थिए । समापन समारोहको सन्चालन मादी २ का वडा सदस्य दिल गुरुङले गरेका थिए भने कार्यक्रम स्थानिय अामा समुहकी प्रतिनिधी चन्द्रकली थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार