पोखरा- पोखरा महानगरपालिकाले आफ्णा मातहत पर्ने क्षेत्रको नयाँ नक्सा सार्वजनिक गरेको छ।बिहीबार पोखरा महानगरपालिकाका सबै वडा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको हो।
पोखरामा भएका अस्पताल, होटल, विद्यालयलगायत बिविध जानकारीहरु नयाँ नक्सामा समेटिएका छन्। अमेरिकी सहयोग तथा महानगर र काठमाण्डौं लिभिङ ल्याब्सको सहकार्य नक्सा तयार पारेको हो। नक्सामा भएका सबै विषयहरुलाई ‘पोखरा एक्सप्लोर एम्सबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।
पोखरा एक्सप्लोर एप्स एन्ड्रोइड एप्लिकेसन प्रयोग भएका मोवाइलबाट हेर्न सकिने छ।