राजनीति
काठमाण्डौ- खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काउन काठमाडौं महानगरपालिकाले सुरू गरेको छ। शनिबार डोजर परिचालन गर्दै ती सटरहरू भत्काउन महानगरपालिकाले सुरू गरेको हो।
स्थानीय विभिन्न संघ संस्थाले खुलामञ्च अतिक्रमणविरूद्ध दबाब दिँदै आएका थिए।हिजोमात्रै कामपाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गराउने प्रतिबद्धता दिएका थिए।
खुलामञ्च अतिक्रमणबारे ध्यानाकर्षण गर्न महानगर पुगेका काठमाडौं- ७ का सांसद भिमसेनदास प्रधानसहितको टोलीले मेयर शाक्यसँग भेट्न पुगेका थिए। खुलामञ्चमा अनुमतिबिना ५० भन्दा बढी सटर बनेका थिए।
बालुवाटार र खुल्लामंन्च कब्जा गर्नेमाथि कार्वाही गर्ने विप्लवकाे युवा संगठनकाे चेतावनी
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा काे युवा संगठनले खुल्ला मन्च र बालुवाटार निजी गर्ने ब्याक्तिमाथि कार्वाही नगरे आफ्नाे संगठनले दाेषीमाथी कार्वाही गर्ने चेतावनी दिएकाे छ।
संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले शुक्रबार एक प्रेश बिज्ञप्ती जारी गर्दै उक्त चेतावनी दिएका हुन्।
युवा संगठन नेपालले “वर्तमान बामपंथी सरकारका भित्री काला कर्तुतहरु दिनप्रतिदिन उदाङ्गिदै गरेको जनाएको छ नेपाल दक्षिण एसिया र विश्वको पहिलो भ्रष्टाचारी मुलुकको लिस्टमा पर्न थालेको जनाएको छ । वर्तमान सरकारलाई केपी प्रचण्डको कथित बामपंथी सरकारको संघ्या दिईएको छ ।”
एनसेलमा भएको अरबौं कर छलि चुडामणि शर्मा, गोपाल खड्का लगायतका कर छलिमा शाषकहरुको प्रत्यक्ष संलग्नता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारी सम्पत्तिको दोहन गर्न राज्य सञ्चालकहरु नै लागेको भन्दै विज्ञप्तिमार्फत युवा संगठनले त्यसको विरोध जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘हालै मात्र बाहिर आएको खुल्ला मञ्चको सार्वजनिक जग्गा प्रकरण बालुवाटारको सरकारी जग्गा बिक्री बितरण प्रकरणमा राज्य सत्तामा रहेका शाषकहरुको मिलोमतोमा भएका घटनाहरु हुन् ।’ भ्रष्टाचार हुन दिन्न र आफु पनि गर्दैन भन्ने प्रधानमन्त्री केपी ओलीको देखाउने दाँत मात्र भएको उक्त संगठनले आरोप लगाएको छ । बालुवाटार र खुल्ला मञ्च जग्गा प्रकरणका विरुद्धमा जनताले गरेको आन्दोलनप्रति युवा संगठनको पुर्ण ऐक्यबद्धता रहेको विज्ञप्तिमा भनिएको छ।
