logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

हुम्लाको ताँजाकोटमा मौसमी फ्लू मृत्यु हुनेको संख्या १० पुग्यो


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

हुम्ला- हुम्लाको ताँजाकोटमा मौसमी फ्लू मृत्यु हुनेको संख्या १० पुगेको छ। सोमबार बिहान थप एक जनाको मृत्यु भएको हो । ताजाकोट वडा नम्बर ५ भदौरा गाउँकी ६२ वर्षकी पवित्रा बोहोराको मृत्यु भएको हो

मौसमी फ्लूले पुरै गाउँपालिका चपेटामा परेको छ। आइतबार मात्रै औसधिसहित चिकित्सकको टोली प्रभावित स्थलमा पुगेको छ। वडा नम्बर ५ मा नयाँ संक्रमण देखिएको हो।

मौसमी फ्लूबाट बिरामीको मृत्यु हुन थालेको ३ सातामा १० जनाको मृत्यु भएको हो।गाउँ नै संक्रमणको चपेटामा आएको जानकारी शनिबार मात्र पाएको प्रदेश सरकारले आइतबार प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत डाक्टर र औषधि पुर्‍याएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार