logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भोली १७ गते मंगलबारदेखि कास्की जिल्लाभरी अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा


  • आश तमु
  • सोमबार, बैशाख १६ २०७६

पोखरा- नेपाल विद्यार्थी संघले भोली १७ गते मंगलबारदेखि कास्की जिल्लाभरी शैक्षिक हड्ताल घोषणा गरेको छ।

पोखरा विश्वविद्यालयमा आन्दोलन गरिरहेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि नेपाल विद्यार्थी संघले त्यसको विरोध गर्दै हड्ताल घोषणा गरेको । क्याम्पसको बेथितिप्रति खवरदारी गर्दा उल्टै विद्यार्थीमाथी धरपकड गर्नु निन्दनीय भएको भन्दै तत्काल रिहा नभए अन्य सघर्षका कार्यक्रम गर्ने नेविसंघले चेतावनी दिएको छ ।

नेविसंघ कास्कीका सभापति विकास थापाले सोमबार विज्ञप्ती जारी गर्दै विद्यार्थीको तत्काल रिहा गर्न माग गरे । उनले माग सुनुवाई नभए अनिश्चितकालीन शैक्षिक संस्था बन्द गर्ने चेतावनी दिएका छन् । क्याम्पसले नियम विपरित डी ग्रेडका विद्यार्थीहरुलाई भर्ना गरेर परीक्षामा सहभागी गराएको विरोधमा विद्यार्थी संगठनहरुले विरोध गरिरहेका छन् ।

सोमबार सोही आन्दोलनमा लागेका नेविसंघका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । परीक्षामा अवरोध गरेका कारण विद्यार्थी पक्राउ गरिएको कास्कीका एसपी ओम रानाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार