logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

धनगढी विमानस्थलमा किन जहाजका यात्रुहरुलाई आकस्मिक द्वारबाट निकालिए…


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

धनगढी- श्री एयरलाईन्सको जहाज धनगढी विमानस्थलमा अवतरण भए लगतै ढोका नखुलेपछि यात्रुहरुलाई आकस्मिक द्वारबाट निकालिएको छ।

धनगढी बिमानस्थलमा सोमबार दिउँसो साढे ४ बजे अवतरण भएको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि यात्रुहरुलाई झण्डै आधा घण्टा पछि आकस्मिक द्धारबाट उतारिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए।

उनीहरुलाई झण्डै साँझ पाँच बजे मात्र आपतकालीन द्धारबाट बाहिर निकालिएको थियो।केही प्राविधिक समस्याका कारण जहाजको ढोका नखुलेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार