logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

केमिकल कारखानामा आगलागी,स्थानीयवासी घर छाडेर अन्यत्र भागे


  • राजनीति
  • बुधबार, बैशाख १८ २०७६

वीरगञ्ज-वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित केमिकल कारखानामा आगलागी भएको छ ।

श्रीपुरको मुख्य सडकदेखि करीब ५० मिटर उत्तरतर्फ घना बस्ती नजीक रहेको सो केमिकल कारखानामा आगलागी भएपछि स्थानीयवासी घर छाडेर अन्यत्र भागेका छन् ।

आगो नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र प्रयोग गरिएको भए पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीबाट भएको क्षतिबारे एकिन गर्न सकिएको छैन । व्यापारी अजय साहको सो कारखानाबाट पेन्ट बनाइने केमिकल र प्लास्टिक उत्पादन हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार