logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राष्ट्रपतिका लागि यी रुट सडक खाली गर्न भन्दै नोटिस जारी


  • आश तमु
  • बुधबार, बैशाख १८ २०७६

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारी जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणबाट स्वदेश फर्किदै गरेकी छन । राष्ट्रपति फर्किन लागे सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि शीतल निवाससम्मको सडक ट्राफिकले खाली गराउने भन्दै नोटिस नै जारी गरेको छ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले ट्वीट गर्दै विमानस्थल, सूचना विभाग, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, लोत्से चोक, नक्सालभगवती, छातागणेश, भाटभटेनी, बालुवाटार, शिवपुरी कलेज, एकेडेमी मोडबाट शीतल निवाससम्मको सडक दुईतर्फी खाली गराउन सूचना जारी गरेको हो ।

राष्ट्रपतिको सावरीबारे उल्लेख नगरी ट्राफिकले यो सडक प्रयोग नगर्न सूचना जारी गरेको हो। उक्त मार्ग भएर चल्ने सावरी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकले आग्रह गरेको छ।

९ दिने भ्रमणका लागि चीनको भ्रमणमा रहेको राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लागेकी हुन्। स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी स्वदेश फर्कन लागेको बताइएको छ। भ्रमणका क्रममा राष्ट्रपति बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन्। भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो। वार्तापछि पारस्परिक सहयोगसम्बन्धी ७ समझदारीपत्रमा हस्ताक्षर भएको थियो। राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनी बैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन्। राष्ट्रपति भण्डारी बैसाख १९ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो।

सम्मेलनमा सहभागी हुनकै लागि भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा चीन गएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार