logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पिपलको रुखमा झुन्डिएको अवस्थामा एक जनाको शव फेला


  • राजनीति
  • बिहिबार, बैशाख १९ २०७६

काठमाडौँ – काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।

बिहिबार बिहान सात बजे पिपलको रुखमा शव देखेपछि स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो ।

प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार उक्त शब खोटाङ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको हो ।

यो हत्या वा आत्महत्या के हो भन्ने स्पष्ट नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार